रामेछाप नगरपालिका-५ का आगलागि पिडितलाई राहत वितरण

रामेछापको रामेछाप नगरपालिका ५ रामपुरको बसन्तपुर ठिउरे स्वाराबेसीको सामुदायिक बनमा लागेको डढेलोका कारण घर गोठ गुमाएका परिवारलाई रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले बुधबार राहत वितरण गरेका छन् । नगर प्रमुख लबश्री न्यौपाने र उपप्रमुख बालकुमारी कार्की थापा सहित रेडक्रसका प्रतिनिधिहरुले रामपुर पुगेर घरबार विहिन हुन पुगेका पविारलाई त्रिपाल, खाद्यान्न र अन्य […]

भूमि समस्या समाधानका लागी रामेछाप नगरपालिकामा अभिमुखीकरण कार्यक्रम

रामेछापको रामेछाप नगरपालिकामा भूमि समस्या समाधानका लागी भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले अहिलेको आयोगले तिव्रताका साथ काम गर्नुपर्ने बताउनुभयो । विगतमा आयोगहरु बन्ने तर काम चाहिँ नहुने गरेको भन्दै उहाँले अहिलेको अयोगले जुनसुकै अवस्थामा पनि काम […]

सुनापती गाउँपालिकामा बन्यो आधारभूत अस्पताल,छिट्टै संचालनमा आउने

रामेछापको सुनापति गाउँपालिकामा आधारभूत अस्पताल निर्माण सम्पन्न भएर बुधबार निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गरेको छ । ८ करोड ८३ लाख ९३ हजार २४ रुपैया ४ पैसा लागतमा भवन निर्माण सम्पन्न भएको हो । वि एण्ड वि आर एण्ड सि एस विल्डर्स नामक निर्माण कम्पनीले भवन निर्माणको काम गरेको हो । २०७८ वैशाख २५ मा सम्झौता […]

मन्थली क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित

मन्थली क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित हुनुभएको छ । मङ्गलवार भएको स्ववियु निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा थापा निर्वाचित हुनुभएको हो । थापाले २ सय ७ मत पाएर स्ववियु अध्यक्षमा निर्वाचित हुँदा नेविसङ्घका विपुल रोकाले १ सय ५२ मत पाउनुभयो । अखिल क्रान्तिकारीका अध्यक्ष […]

सामुदायिक वनमा आगो लगाउने रामेछाप देउरालीका वृद्ध पक्राउ

सामुदायिक वनमा आगो लगाउने रामेछाप देउरालीका एक वृद्ध पक्राउ परेका छन । रामेछाप नगरपालिका –२ देउराली सिरुवारी स्थित भिर पाखामा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय ७२ वर्षीय हरि बहादुर मगरलाई पक्राउ गरेको हो । मगरले चैत ४ गते साँझको समयमा भिर पाखामा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कौशल न्यौपानेले […]

रामेछापमा एसईईको सबै तयारी पूरा,२७ सय विद्यार्थीले परीक्षा दिँदै

यहि चैत्र ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जानकारी दिएको छ । दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा यो वर्षको एसइई परीक्षाका लागि १९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । यो वर्ष रामेछापबाट दुई हजार ७०० बढी विद्यार्थीले एसइई […]

छाडा कुकुर बेसहारा पशु या जनजीवन दोषी को ?

डा. केदार कार्की वरिष्ठ पशु चिकित्सक। आवारा जनावर भन्नाले सडकमै जन्मिएका र कहिल्यै आफ्नो स्वामित्वमा नराखिएका, घर नभेटिएका र सडकमा घुम्न थालेका हराएका जनावर, घरबाट निकालिएका वा सडकमा छाडिएका त्यागिएका जनावर, मालिकले त्यागेका जनावर, कुनै पनि सरकारी वा गैरसरकारी संस्था, पशु चिकित्सा अस्पताल, गोशाला वा दुग्ध फार्मले त्यागेका जनावरलाई बेकार जनावर भनेर परिभाषित गरिन्छ।आवारा जनावरहरू […]

वनमा आगो लगाएको आरोपमा रामेछाप दोरम्बाका दाजु–भाइ पक्राउ

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छहरेछाप डाँडा सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका ५० वर्षीय पदमबहादुर विक र उनैकै भाइ ४५ वर्षीय […]

रामेछापमा पहिलो पटक धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी

रामेछाप जिल्लामा पहिलो पटक धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी गरिएको छ । जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचार गर्न राष्ट्रिय फोटो पत्रकार समूह रामेछापले मन्थलीमा फोटो प्रदर्शनी आयोजना गरेको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाग्मती प्रदेशको तेस्रो प्रदेश महाधिवेशन उद्घाटन कार्यक्रमको अवसरमा प्रदर्शनी आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार […]

होलीको उत्पत्ति संस्कृति यसको महत्व र विकृतिहरू

डा. केदार कार्की। हिन्दू धर्ममा धेरै प्राचीन व्रत र चाडपर्वहरू मनाइन्छ, जसमध्ये होलीलाई सबैभन्दा प्राचीन चाड मानिन्छ। खुशीको यो पर्व भगवान श्रीकृष्ण र भगवान विष्णुका भक्त प्रह्लादसँग सम्बन्धित छ। होली पर्वको दिन देशभर गुलाल र अबीरले रंगहरूको होली खेलिन्छ र रङहरूको पर्व हर्षोल्लासका साथ मनाइन्छ। रंगहरूको यो पवित्र पर्वलाई वसन्त ऋतुको सन्देशवाहक पनि मानिन्छ। देशका […]