पसलमा आगलागी हुँदा चौबिस लाख बढीको क्षती

रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं २ ढाडेमा एक पसलमा आगलागी भएको छ । सोही ठाउँका किमान सिंङ तामाङको घरको भुई तलामा संचालमा रहेको इमरन ईसन इलेक्ट्रोनिक्स तथा किरना पसलमा गए राति २ः३० बजेको समयमा आगलागी भएको हो । तामाङको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हँुदा पसलमा रहेको नगद तथा जिन्सि सामान जलेर नष्ट भएका […]

रामेछापको मन्थलीमा मोटरसाइकल चोरीको आरोपमा प्रहरी जवान पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापको सवारी चालकको रुपमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी चोरीको अभियोगमा सोमबार पक्राउ परेका छन् । प्रहरी आफैं चोरी कार्यमा संलग्न रहेको र गलत कार्य गर्ने प्रहरीलाई कानुनी दायरामा ल्याएको रामेछापमा यो पहिलोपटक हो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेकै बेला मन्थलीबाट उनले पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको तथ्य सीसीक्यामेराको फुटेजमा […]

रामेछापका ८ स्थानीयतहको बेरुजू ३७ करोड ७९ लाख,खाँडादेवी गाउँपालिकाको बेरुजू सबैभन्दा बढी

गत आर्थिक वर्ष २०७८/०७९ मा रामेछापका ८ स्थानीयतहको ३७ करोड ७९ लाख रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको ६०औँ प्रतिवेदनमा रामेछापका ८ स्थानीयतहको बेरुजू रकम ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ देखिएको हो । यस मध्ये खाँडादेवी गाउँपालिकाको सबैभन्दा बढी बेरुजू देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा खाँडादेवी गाउँपालिका बेरुजू रकम ९ […]

रामेछाप मन्थलीमा रामेछाप साँस्कृतिक तथा सडक महोत्सवको रौनक

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रामेछाप सास्कृतिक तथा सडक महोत्सव २०८० सुरु भएको छ । महोत्सवको उद्घाटन संघिय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले गर्नुभयो । रामेछाप उद्योग बाणिज्य संघको अगुवाइमा शुक्रवारदेखि महोत्सव सुरु भएको हो । महोत्सवले जिल्लामा पर्यटन प्रवर्द्धन गर्न र सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । महोत्सवको पहिलो दिन शुक्रवार […]

रामेछापका अधिकांश सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क असुल्दै

सरकारले माध्यमिक शिक्षा निशुल्क हुने व्यवस्था गरे पनि रामेछापका अधिकांश सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क असुलिरहेका छन् । शिक्षा ऐन २०२८ को दफा १६ मा सामुदायिक विद्यालयले कुनै पनि अतिरिक्त शुल्क लिन नपाइने उल्लेख गरिएको छ । तर, रामेछापका धेरै विद्यालयहरुले विभिन्न बहानामा शुल्क असुल्दै आएको अभिावकहरले गुनासो गरेका छन । विद्यालयले ९ र १० […]

रामेछाप ओख्रेनीमा आगोलागीबाट जुनारको बगैँचा जलेर नष्ट

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा आगोलागीबाट जुनारको बगैँचा जलेर नष्ट भएको छ । सिलिङ्गे चेप्टे ढुङ्गा सामुदायीक बनमा मंगलबार लागेको आगो जंगल नजिकैको जुनार बगैँचामा फैलिँदा जुनारको बगैँचा जलेर नष्ट भएको हो । फत्त बहादुर खड्काको सय बोट जुनार र लाल बहादुर तामाङ्ग्को तिन सय बोट गरि चारसय बोट जुनार जलेर नष्ट […]

रामेछापमा आगलागीको जोखिम बढ्यो,नियन्त्रणको पूर्वतयारी शुन्य

रामेछापमा गर्मीयाम सुरु भएसँगै आगलागीको जोखिम पनि बढेको छ । तर सम्भावित आगलागी नियन्त्रणका लागि पूर्वतयारी भने शुन्य देखिएको छ । चैत बैशाखमा सुख्खा हुने, बोटबिरुवाका पात झर्ने र हावाहुरी समेत बढी चल्ने हुनाले भएकाले आगलागीको बढी जोखिम हुन्छ । खासगरी यो समयमा रामेछापका बनजङ्गल घाँसे पाखाहरूमा बढी आगलागी हुने गरेको छन् । बनसँगै बस्ती […]

हिमगंगाका २ जनाले गाउँमै पाए नागरीकता,सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुल्यो

रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगाकी ७२ बर्षिया बृद्धा भक्तमाया सुनुवारले बल्ल नागरिकता पाउनुभएको छ । शनिवार अपाङ्गता भएका एकजना र ७२ बर्षिया बृद्धालाई प्रमुख जिल्ला अधिकारीले घरमै पुगेर पुगेर नागरिकता प्रदान गर्नुभएको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको नेतृत्वमा गएको टोलीले फरक क्षमता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारलाई […]

भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्विरोध निर्वाचित

भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल पूर्व प्रहरी संगठनको शनिवार मन्थलीमा सम्पन्न चौथो जिल्लाअधिवेशनले मन्थली–१ का कुमार खत्रीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति निविरोध रुपमा चयन गरेको हो । यसरी निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्षमा राम बहादुर वरुवाल, द्वितिय उपाध्यक्षमा अर्जुन वहादुर खड्का, सचिब केशर बहादुर श्रेष्ठ, सह सचिवमा […]

कारागार कार्यालय रामेछापका एक कैदीको मृत्यु

जिल्ला कारागार कार्यालय रामेछापका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको लिखुतामाकोशी गाउँपापालिका ३ का बिरे दर्जी रहेका छन । कारागारमा एक्कासी बिरामी परेका दर्जीलाई उपचारका लागी जिल्ला अस्पताल लैजाँदै गर्दा उनको बाटोमै ज्यान गएको हो । जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङका अनुसार वर्ष ५२ का दर्जी यहि फागुन ४ गते […]