रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा सातौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार (आज)देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि खड्काले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग […]

रामेछाप अस्पतालको सामाजिक परीक्षण सम्पन्न

रामेछाप अस्पताल रामेछापले आफ्नो सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आफ्नै सभा हलमा सामाजिक परीक्षण कार्यक्रम गरेको हो । आर्थिक वर्ष २०८०/८१ को सामाजिक परीक्षण कार्यक्रम गरिएको हो । सेवा प्रदायक निकाय वा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालन, अनियमितता,पारदर्शिता र प्रभावकारिताबारे सम्बन्धित सेवाग्राही, सेवाप्रदायक/व्यवस्थापकीय पक्ष तथा सरोकारवालाहरुको धारणाका आधारमा गरिने […]

रिलायबल लाइफ ईन्स्योरेन्स रामेछापद्धारा ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नर्सरीदेखि ८ कक्षासम्म अध्ययन गर्ने करिब ७० जना विद्यार्थीलाई रिलायबल नेपाल लाइफ ईन्स्योरेन्स लिमिटेड रामेछाप शाखाले ट्याक सुट वितरण गरिएको हो । सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई यो जाडोमा लगाउने ट्याक सुट वितरण गरिएको हो […]

रामेछापको उमाकुण्ड गाउँपालिकामा एक दिने विज्ञान प्रदर्शनी प्रतियोगिता

रामेछापको उमाकुण्ड गाउँपालिकाले एक दिने माध्यमिक विद्यालयस्तरीय विज्ञान तथा गणित प्रर्दशनी प्रतियोगिता कार्यक्रम संचालन गरेको छ । उक्त विज्ञान प्रर्दशनिमा प्रत्येक माध्यमिक विद्यालयबाट ८ जना विद्यार्थी र २ जना शिक्षक लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा चण्डेश्वरी माध्यमिक विद्यालय प्रिती प्रथम, सिद्धेश्वर माध्यमिक विद्यालय बाम्ती द्वितीय , जनता माध्यमिक विद्यालय कुँबु तृतिय […]

रामेछापका सरकारी कार्यालयहरूले गरे सार्वजनिक सुनुवाइ कार्यक्रम

रामेछापका सरकारी कार्यालहरुको सार्वजनिक सुनुवाइ गरिएको छ । जिल्लास्थित सबै सरकारी कार्यालयहरुको एकसाथ सार्वजनिक सुनुवाइ गरिएको हो । जिल्लाका सेवा प्रदायक कार्यालयहरूले चालु आर्थिक वर्षको हालसम्म गरेका सेवा प्रवाहका बारेमा जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा शुक्रवार सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुुनुवाइमा सेवा प्रदायक सरकारी कार्यालयकाहरुको तर्फबाट चालु आर्थिक वर्षको हालसम्म प्रवाह भएका सेवा, […]

बजेट अभावमा विपी राजमार्गको पुननिर्माण सुरु हुन सकेन

बजेट अभावमा गत असोजमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएको विपी राजमार्ग पुननिर्माण सुरु हुन सकेको छैन । १ सय ५८ किलोमिटर मध्ये १२ किलोमिटर सडकमा बाढीपहिरोले क्षति गरेको छ । यसको पुननिर्माणका लागि कम्तीमा पनि ९ अर्ब ६६ करोड लाग्ने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । क्षतिग्रस्त सडक निर्माणका लागि २ देखि ३ वर्ष लाग्ने सडक […]

रामेछापको मन्थलीमा गुडि रहेको टिफरबाट खसेर सह चालकको मृत्यु

रामेछापको मन्थलीमा गुडि रहेको टिफरबाट खसेर सह चालकको मृत्यु भएको छ । मन्थली नगरपालिका १ बाट मन्थली नगरपालिका ४ सालु तर्फ गइ रहेको प्रदेश नः ३०१००३ क ५७६४ नम्बरको टिफरबाट खसेर आईतबार(आज) सोहि टिफरका सह चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नः ४ का ३२ बर्षका नारायण बस्नेत रहेको जिल्ला प्रहरी […]

कोरिया पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा रामेछापका युवक पक्राउ

डिपेन्डेन्ट भिसामा युवतीहरूलाई कोरिया लगायतका देशमा लैजान्छु भनी ठगी गरेको आरोपमा प्रहरीले रामेछापका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–६ घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने का ३५ वर्षीय साजन मगर भन्ने होमबहादुर मगर रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयको टोलीले बाँसबारीबाट पक्राउ गरेको हो । पक्राउ […]

जुनेली बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

जुनेली बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा बुधबार(आज) सम्पन्न भएको छ । रामेछाप नगरपालिका ८ रामेछाप बजारमा कार्यालय रहेको संस्थाको कार्यक्षत्र रामेछाप नगरपालिकाको वडा नं ६,७,८,९ र मन्थली नगरपालिकाको वडा नं ४ र ६ हो । “सुनिश्चित भविष्यको लागी आम्दानीको केही अंश बचत गर्ने बानी बसालौँ” भन्ने मूल नाराका साथ २०६४ […]

राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान गांरीशंकर क्याम्पसबाट शुभारम्भ

नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान शुभारम्भ गरेको छ । आईतबार(आज) गौरीशंकर बहुमुखी क्याम्पस रामेछाप बजारबाट अभियानको शुभारम्भ गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र नेविसंघ रामेछापका सभापति बिनोद बुढाथोकीको अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले विद्यार्थीहरुको हक,हित र अधिकारको […]