३ थान भरुवा बन्दुकसहित रामेछाप खाँडादेवीका एक पुरुष पक्राउ

रामेछापको खाँडादेवी गाउँपालिकाका एक पुरुष ३ थान बन्दुक र बारुद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका–१ कुलेडाँडाका ५४ वर्षीय नन्दलाल श्रेष्ठ रहेका छन् । उनको साथबाट एक नाले भरुवा बन्दुक ३ थान र बारुद जस्तो देखिने धुलो १२५ ग्राम बरामद गरिएको रामेछाप प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो बन्दुक उनले आफ्नै […]

१६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानले रामेछापका महिलालाई छोएन

मुलुकमा १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको छ । मङ्सिर २५ गतेसम्ममा देशभरमा नै विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम भइरहेका छन् । रामेछापको रामेछाप नगरपालिकाले पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ । तर नगरपालिकाको गेटमै ईटा बोकी रहेका महिलाहरुलाई यो अभियानले छुन सकेको छैन । सुकिलो कपडा लगाएर हातमा प्लेकार्ड […]

मानसिक स्वास्थ्य सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम रामेछापमा सम्पन्न

मानसिक स्वास्थ्य सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम रामेछापमा सम्पन्न भएको छ । कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्वन संगठनले मन्थली अस्पताल,रामेछाप अस्पताल,ओसिएमसी,रामेछाप नगरपालिका र विभिन्न महिला समुहहरुसङको समन्वयमा कार्यक्रम गरेको हो । यहि मंसिर १७ देखी १९ गतेसम्म भएको कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोमाजिक समस्या कसरी उत्पन्न हुन्छ ? कसरी पहिचान गर्ने, सहयोगको लागि के गर्ने […]

रामेछाप रस्नालुको भिम आधारभूत विद्यालयमा प्रारम्भिक बालविकास सिकाई मेला हुँदै

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुमा रहेको भिम आधारभूत विद्यालय रस्नालुमा प्रारम्भिक बालविकास सिकाई मेला हुने भएको छ । प्रारम्भिक उमेरका सम्पूर्ण बालबालिकाहरुको सर्वाङ्गीण बालविकासको अधिकार सुनिश्चितताको लागी अभिभावक,स्याहारकर्ता समुदाय र सरोकारवाला निकायहरुको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले प्रारम्भिक बालविकास सिकाई मेला संचालन गर्न लागिएको बताइएको छ । यहि मंसिर २२ गते शनिबार बिहान ९ः३० […]

आधुनिक कृषि सहकारीको १४ औ वार्षिक साधारण सभा सम्पन्न

आधुनिक कृषि सहकारी संस्था लिमिटेड रामेछाप मन्थलीकोे १४ औ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सदरमुकाम मन्थली स्थित जिल्ला समन्वय समितिको सभा हलमा एक औपचारीक कार्यक्रमको आयोजना गरि संस्थाले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । उक्त सहकारीको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना कार्की खड्काले गर्नु भएको थियो । […]

रामेछापको भालुखोप र देउरालीमा भएको निशुल्क आँखा शिविरमा ११३ जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिकाको वडा नं ६ ओख्रेनीको शहरी स्वास्थ्य केन्द्र भालुखोप र २ नं वडा देउरालीको स्वास्थ्य चौकीमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । यहि मंसीर १४ र १५ गते दुई वडामा सञ्चालन भएको १ दिने निशुल्क आँखा शिविरमा १ सय १३ जना आँखाका बिरामीले सेवा लिएका छन । उक्त शिविरबाट ९ […]

रामेछापको मन्थली नगरपालिकाले मनायो १० औँ स्थापना दिवस

रामेछापको मन्थली नगरपालिकाले १० औँ स्थापना दिवस मनाएको छ । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) को प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजनागरी दिवस मनाइएको हो । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी (कान्छाराम) ले स्थानिय सरकार वा राज्यको कुनै पनि सँयन्त्रलाई मन्त्री हुनुवित्तिकै मागे जति बजेटको व्यवस्था हुन्छ भन्ने मानसिकता बाट मुक्त […]

रामेछापको सुनापति गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

रामेछापको सुनापति गाउँपालिकामा शनिबार (आज)देखी छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको उद्धघाटन गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले गर्नुभयो । पालिकाभरीका ८ वटा माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका विभिन्न खेलहरु खेलाईने छ ।  

वडा अध्यक्षको निधनमा रामेछापको गोकुलगंगा गाउँपालिकामा आइतवार शोक बिदा

वडा अध्यक्षको निधनमा रामेछापको गोकुलगंगा गाउँपालिकामा आइतवार शोक बिदा दिएको छ । गाडी दुर्घटनामा वडा अध्यक्ष रामचन्द्र बस्नेतको निधन भएपछि गोकुलगंगा गाउँपालिकाले आइतबार(भोली) शोक बिदा दिने निर्णय गरेको छ । शुक्रवार काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली आउँदै गर्दा सोही वडाका वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएपछि पालिकाले शनिवार एक शोक पत्र […]

पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविलेले जित्यो

रामेछापको उमाकुण्ड गाउँपालिकामा भएको पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविले जितेको छ । वडा नं. ४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयले लगातार तेस्रो पटक उपाधि उचाल्न सफल भएको हो । बुधवारदेखी पालिकाको वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स गरी ३० वटा इभेन्टमा […]