चोरीको सुन खरिदको आरोपमा सुनचाँदी व्यवसायी संघ रामेछापका अध्यक्ष पक्राउ

चोरीको सुन खरिद गरेको आरोपमा नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापका अध्यक्ष पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवन स्थायी घर भई रामेछाप सदरमुकाम मन्थलीमा सुनचाँदी व्यवसाय गर्दै आएका तुलाबहादुर बिश्वकर्मा रहेका छन् । उनी नेपाल सुनचाँदी व्यवसायी संघ रामेछापका कार्यवाहक अध्यक्ष हुन् । दोलखाको जिरीका दुई महिलाबाट लुटिएको सुन बिकले गरिद गरेको आरोप छ । […]

चोरीको सुन कारोबारमा संलग्न रामेछापका करिब आधा दर्जन सुनचाँदी व्यवसायी पक्राउ

चोरी गरेको सुन कारोबारमा संलग्‍न रामेछाप सदरमुकाम मन्थलीका करिब आधादर्जनसुनचाँदी व्यवसायी पक्राउ परेका छन् । चोरी गरेर ल्याएको बिना बिलको सुन खरिद गर्ने जिल्ला सदरमुकाम मन्थलीका ५ जना सुन व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मुलुकी अपराध (संहिता ) ऐन, २०७४ को परिच्छेद २६ दफा २८७ (१)  मा कुनै कसूर गरी प्राप्‍त गरेको सम्पत्ति हो […]

रामेछाप नगरपालिका प्रमुख न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी

रामेछाप नगरपालिका प्रमुख एवं नेपाली कांग्रेस रामेछापका पूर्व सभापति लबश्री न्यौपाने नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । खुला १० जना महाधिवेशन प्रतिनिधिमा न्यौपाने ५ सय ३३ मत सहित विजयी हुनुभएको हो । उहाँले मतदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभएको छ। न्यौपानेले सामाजिक सञ्जालमार्फत धन्यवाद तथा आभार व्यक्त गर्दै […]

सिन्धुलीमा खैरो हेरोइनसहित रामेछाप गेलुका युवक पक्राउ

भारतबाट खरिद गरी तराईका विभिन्न नाका हुँदै नेपाल भित्राइएको लागूऔषध काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्री–वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले सिन्धुलीबाट रामेछापका एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ब्यूरोको शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–६ बाट ५१.६८० ग्राम खैरो हेरोइनसहित रामेछापको मन्थली नगरपालिका–१२ का ३१ […]

रामेछापमा नाबालिका छात्रालाई बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

नाबालिका छात्रालाई बाल यौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विद्यालयमा अध्यापन गराउँदै आएका ४८ वर्षीय नवराज भण्डारी (नविन) पक्राउ परेका हुन्। झापा गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ मा बस्दै आएका भण्डारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार १३ वर्षीया नाबालिका छात्रालाई […]

विदेश पठाइदिने भन्दै ३४ लाख ८९ हजार ठगी, रामेछापका एक सहित चार जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ३४ लाख ८९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले रामेछापका एक सहित चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेलायत, रोमानिया, अष्ट्रेलिया, क्यानडा र पोल्याण्ड पठाइदिने भन्दै रकम उठाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछापका बद्रिकुमार तामाङ,काभ्रेपलाञ्चोकका वीरेन्द्र तामाङ, […]

सुकाजोर वडाको काठमाडौंमै सामाजिक सुरक्षा भत्ता नवीकरण तथा घटना दर्ता सेवा

रामेछापको रामेछाप नगरपालिका–७ सुुकाजोर वडा कार्यालयले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका वडावासीलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता नवीकरण तथा व्यक्तिगत घटना दर्ता सेवा काठमाडौंमै उपलब्ध गराउने भएको छ । उच्च शिक्षा, उपचार तथा विभिन्न कारणले काठमाडौं उपत्यकामा अस्थायी रूपमा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई वडामै पुगेर सेवा लिन कठिनाइ भइरहेको भन्दै वडा कार्यालयले […]

काभ्रेपलाञ्चोकबाट रामेछाप आउँदै गरेको जिप सिन्धुलीमा दुर्घटना 

रामेछाप आउँदै गरेको जिप सिन्धुलीमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।बुधबार बिहान साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापको खाँडादेवितर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते हुनेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम […]

जापान पठाइदिने भन्दै १ करोड रुपैयाँ ठगी गर्ने रामेछापका एक जना पक्राउ

आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले रामेछापका घर भएका १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ का दीपबहादुर तामाङ रहेका छन् । उनले ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा नीम एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै आएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । दीपबहादुरले जापान […]

नेपाली कांग्रेस रामेछापको मतगणना बुधबार दिउँसो ३ः३० देखी सुरु हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा मंगलबार सम्पन्न निर्वाचनको मतगणना बुधबार(आज) दिउँसो ३ः३० देखी सुरु हुने भएको छ । सर्वपक्षिय छलफलपछि मतगणना सुरु गर्ने तयारी भैरहेको निर्वाचन समितिले जनाएको छ । मंगलबार भएको मतदानमा ९५ प्रतिशतभन्दा बढी मतदाताले मतदान गरेका छन् । कुल १ हजार ७ सय ८४ क्षेत्रीय प्रतिनिधिमध्ये १ हजार ७ सय ३ जनाले […]