रामेछापमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन रामेछाप जिल्ला प्रशासन कार्यालयले इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय, रामेछापले जारी गरेको सूचनाअनुसार जिल्लाभित्र विभिन्न व्यक्तिहरूको नाममा दर्ता भई इजाजतपत्र प्राप्त हातहतियार तथा त्यसको खरखजाना जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बुझाउनुपर्नेछ। सूचनामा उल्लेख भएअनुसार इजाजतपत्र […]

