प्राथना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन् भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै युनाइटेड स्टेट अफ अमेरिकामा केन्द्रिय कार्यालय रहेको विश्वभर छरिएर रहेका मनकारी व्यक्तिहरुको पवित्र संस्था हेल्पिंग ह्यान्ड्स यु.एन्. बी.ओ. ले यहि पुष २१ गते अति नै विपन्न १३ घर परिवारलाई एक चालम, दाल, नुन, तेल, बेसार, मसला, आलु, सोयाविन, चिउरा, दालमोट, आलु, चना, केराउ, नुहाउने लुगा धुने साबुन, स्याम्पु लगायतका दैनिक उपाभोग्य सामग्रीहरु वितरण गरिएको थियो । त्यहाँ रहेका सुत्केरी, बालबालिका तथा बृद्ध बुबाआमाहरुलाई न्यानो कपडा, पोसिलो खानेकुरा साथै नगद वितरण गरिएको छ ।
पुषको कठ्याङ्ग्रिदो चिसोबाट बचाउनको लागि कमल, म्याट, डस्ना, त्रिपाल लगायतका सामग्रीहरु वितरण गरिएको थियो । हेल्पिंग ह्यान्ड्स यु.एन्. बी.ओ. ले गरेको यो कार्यले उहाँहरुको खुम्चिएको मुहारमा मुस्कान ल्याउन पाउँदा विश्वभर छरिएर रहनुभएका हेल्पिंग ह्यान्ड्स यु. एन्. बी.ओ.का युवा समाजसेवीहरु प्रफूलित भएका छन् । उक्त कार्य युवा समासेवी प्रदिप घिमिरेको अगुवाइमा भएको थियो । प्रदिप घिमिरे अमूल्य पछिल्लो समय युवाहरुको लागी उदाहरणीय पात्र सावित भएका छन् । साथै आगामी दिनहरुमा पनि उहाँहरुलाई सहयोग गर्ने युवा समाजसेवीहरु बताउनुहुन्छ ।