वडाबाटै योजना सम्झौता:रामेछाप नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र लामगादेसँगको अन्तरवार्ता

वडाबाटै योजना सम्झौता:रामेछाप नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र लामगादेसँगको अन्तरवार्ता

सिंह दरबारको झल्को गाउँ–गाउँमा दिने गरी रामेछाप नगरपालिकाले जनतालाई सेवा दिईरहेको छ । नगरपालिकाले नगरमा हुने योजना सम्झौता वडावडामै पुगेर गरिरहेको छ ।

योसँगै आफ्नो ठाउँका लागि छुट्याइएका योजना सम्झौता गर्न उपभोक्ता समितिले नगरपालिकाको केन्द्र धाउँनु पर्ने बाध्यता टरेको छ । वडा तहबाटै योजना सम्झौता गर्ने कार्य यो जिल्लामै पहिलो हो ।

जिल्लाका अन्य स्थानीय तहहरुले उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम तथा प्रशिक्षण दिदै आए पनि वडाबाटै सम्झौताको काम भने गरेका छैनन् । असार मसान्तमा योजना सम्झौता गरी हतारमा काम गरिने हुँदा उपभोक्ताले सास्ती खेप्नु परेकाले वडाबाटै योजना सम्झौता गरिएको हो ।

नगरपालिकाको केन्द्रमा धाइरहन पर्ने, कागजात नपुग्ने, टाढा टाढाबाट आउँदा समय खर्च हुने तथा आर्थिक बोझ हुने समस्या भोगिरहेका उपभोक्तालाई वडावडामै पुगेर योजना सम्झौता गरेपछि निकै सहज भएको छ । वडाबाटै योजना सम्झौता गर्नुको उद्धेश्य र यसको फाईदाहरुको बारेमा रामेछाप नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र लामगादेसँगको अन्तरवार्ता :

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार