निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । २०७४ साल वैशाख, असार र असोजमा गरि स्थानीय तहको चुनाव भएको थियो । ५ वर्ष भित्रमा स्थानीय तहको चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्थाका कारण पनि आयोग समयमा नै चुनाव गराउने तयारीमा लागेको हो ।
काभ्रेको धुलिखेलमा पत्रकारहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० गतेभित्रै ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभयो ।
स्थानीय सरकार रिक्त रहने विषय कल्पना समेत गर्न नसकिने र जनप्रतिनिधिको अवधि थप गर्ने व्यवस्था नभएका कारण वैशाखभित्र चुनाव गर्न आयोग गम्भीर रहेको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले बताउनुभभयो ।