स्थानीय तहको चुनाव गराउन जुट्यो निर्वाचन आयोग

२०७९ साल वैशाख २० गतेभित्रै चुनाव गर्ने तयारी

स्थानीय तहको चुनाव गराउन जुट्यो निर्वाचन आयोग

२०७९ साल वैशाख २० गतेभित्रै चुनाव गर्ने तयारी

निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । २०७४ साल वैशाख, असार र असोजमा गरि स्थानीय तहको चुनाव भएको थियो । ५ वर्ष भित्रमा स्थानीय तहको चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्थाका कारण पनि आयोग समयमा नै चुनाव गराउने तयारीमा लागेको हो ।

काभ्रेको धुलिखेलमा पत्रकारहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० गतेभित्रै ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभयो ।

स्थानीय सरकार रिक्त रहने विषय कल्पना समेत गर्न नसकिने र जनप्रतिनिधिको अवधि थप गर्ने व्यवस्था नभएका कारण वैशाखभित्र चुनाव गर्न आयोग गम्भीर रहेको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले  बताउनुभभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार