माओवादी केन्द्रको वडा अधिवेशन आज, रामेछापका ५८ वडामा अधिवेशन जारी

माओवादी केन्द्रको वडा अधिवेशन आज, रामेछापका ५८ वडामा अधिवेशन जारी

नेकपा (माओवादी केन्द्र) ले आज देशभर पार्टीको वडा अधिवेशन गर्दैछ । आज देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्न लागिएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार हिमाली जिल्लामा मौसमका कारण केही प्रभावित हुने सम्भावना देखिएपनि अरु जिल्लामा भने अधिवेशन हुनेछ । समितिले आउँदो ११ गते पालिका र २५ गते सातै प्रदेशमा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ । यस्तै रामेछापमा पनि सबै वडामा आज वडा अधिवेशन हुने भएको छ ।

जिल्लाको ६४ वडा वडा मध्ये ६ वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी ५८ वडामा आज एकसाथ वडा अधिवेशन हुने छ । दोरम्बा शैलुङ्ग गाउँपालिकाको वडा नम्बर १, २, ५ र ७, सुनापति वडा नम्बर ५, उमाकुण्ड गाउँपालिकाको १ र मन्थली नगरपालिका वडा नम्बर ९ मा वडा अधिवेशन सम्पन्न भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार