बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको थियो । विश्वासको मतसम्बन्धी प्रस्ताव आज प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुनेछ।

शाक्यले गएको भदौ २ गते मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको थियो । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि उहाँले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने भएको हो।सत्ता लम्ब्याउन प्रदेशसभाको अधिवेशन हतारोमा स्थगित गरे पनि दल विभाजन भएको मितिले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाले शाक्यलाई बाध्य बनाएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार