नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्यको संख्या दस हजार नाघ्यो

नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्यको संख्या दस हजार नाघ्यो

नेपाली कांग्रेस रामेछापले क्रियाशिल सदस्यको सख्या दस हजार नाघेको जनाएको छ । जिल्लामा क्रियाशिल सदस्यको संख्या छ हजार थप गर्दै कांग्रेसले १० हजार ८ सय २३ जना पुर्याएको हो । यसअघि रामेछापमा ५७ सय क्रियाशिल सदस्य रहेका थिए ।

नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायण खड्काले १० हजार ८ सय २३ जना क्रियाशिल सदस्यको विवरण केन्द्रीय कार्यालयमा अपडेट भइसकेको बताउनुभयो ।

जिल्लामा अझै नविकरण गर्न बाँकीको विवरण पठाइएको उहाँको भनाइ छ । खड्काका अनुसार अझै दुई सय भन्दा बढी क्रियाशिल सदस्य थपिने छन् । दुई सय सदस्य थपिएको अवस्थामा रामेछापमा कांग्रेसको क्रियाशिल सदस्यको संख्या ११ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार