दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका २५ जना कोरोना संक्रमित थपिदा ४० जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ७ सय १६ जना पुगेको छ ।
आज मन्थली नगरपालिकाबाट ५ जना, रामेछाप नगरपालिकाबाट ६ जना, उमाकुण्ड गाउँपालिकाबाट ७ जना, सुनापती गाउँपालिकाबाट ४ जना,लिखु तामाकोशस् गाउँपालिकाबाट १३ जना,गोकुलगंगा गाउँपालिकाबाट ४ जना र खाँडादेवी गाउँपालिकाबाट १ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा आज २५ जना कोरोना संक्रमित थपिएका छ्न ।
जिल्ला अस्पतालमा ४ जना, उमाकुण्ड गाउँपालिकामा ४ जना,खाँडादेवी गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा ५ जना,लिखुतामाकोशी गाउँपालिकामा ८ जना र तामाकोशी अस्पताल मन्थलीमा १ जनामा एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको छ ।
यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ९ सय १९ पुगेको छ । जिल्लामा कोरोनका सक्रिय सङ्क्रमितको सङ्ख्या १८६ जना पुगेको छ । १९ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर १७ जनाले ज्यान गुमाएका छ्न ।