राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को परीक्षाको नतिजा साउन १५ भित्र प्रकाशित गर्ने जनाएको छ । सामाजिक संजाल फेस्बुक मार्फत यस्तो जनाकारी दिएको छ । बोर्डले कार्यविधि आइतबार पारित गरेको छ । सोको निर्णय आज सोमबार सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण गत वैशाख १३ गतेको निर्णयको आधारमा बोर्डले बैशाख २७ मा बैठक बसी जेठ १३ गतेदेखि संचालन हुने भएको माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा १० र जेठ २६ गते बाट हुने भएको १२ कक्षाको परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको जनाएको थियो ।
करिब तीन महिनायताको अन्योलपछि सरकारले एसईई परीक्षा नगर्ने निर्णय गरेको छ। यसपटक विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय भएपनि एसईई सधैका लागि खारेज गर्ने गरि प्रक्रिया अगाडी बढेको छ । देशभरीका धेरै विद्यालयमा क्वारेन्टाइन रहेको र अवस्था झन् प्रतिकुल हुँदै गएकोले परीक्षा स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।


			
                                    
                                    
                                    
                                    
                                    
                                    