रामेछापमा थपिए ८० जना कोरोना संक्रमित,आज ३९ जना निको

रामेछापमा थपिए ८० जना कोरोना संक्रमित,आज ३९ जना निको

रामेछाप जिल्लामा आज ८० जना कोरोना संक्रमित थपिएका छ्न । दोरम्बा गाउँपालिकामा ११ जनामा आज पिसिआर परिक्षण मार्फत कोरोना संक्रमण देखिएको छ ।

प्राथमिक स्व्ाास्थ्य केन्द्र मन्थलीमा ८ जना , रामेछाप नगरपालिकामा ४० जना, खाँडादेवी गाउँपालिकामा १२ जना , तामाकोसी अस्पतालमा ५ जना र लिखुतामाकोसी गाउँपालिकामा २ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक ४ सय ९ पुगेको छ । पिसिआर परिक्षण मार्फत ९८५ र एन्टिजिन परिक्षण मार्फत ४२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यी मध्ये ९५६ जना उपचार पछि स्वास्थ भैसकेका छ्न । जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ४४३ जना रहेको छ । १६ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर १० जनाले ज्यान गुमाएका छ्न । अझै जिल्लाका २५३ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार