रामेछापमा थप ९ जनामा कोरोना संक्रमण,सकृय संक्रमित ७७ पुग्यो

रामेछापमा थप ९ जनामा कोरोना संक्रमण,सकृय संक्रमित ७७ पुग्यो

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । आज फेरी रामेछापका ९ जनामा कोरोना संक्रमण देखिएको छ । रामेछाप नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

खाँडादेवी गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोनाका ७७ जना सकृय संक्रमित आईसोलेसनमा रहेका छन । यि मध्ये २ जनालाई भने जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको छ ।

जिल्ला अस्पतालमा १० जना र ६४ जना होमआईसोलेसनमा रहेका छन । जिल्लाका बजारहरुमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको हुनसक्ने स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए अस्पतालमा आएर पिसिआर परीक्षण गराउन उहाँले नागरीकलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार