नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा जुट्यो सरकार

नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा जुट्यो सरकार

सरकार नीतितथाकार्यक्रम र बजेट बनाउने तयारीमालागेको छ । नेपालको संविधानअनुसार जेठ १५ गते बजेट सार्वजनिकगरिसक्नुपर्ने व्यवस्था छ । बजेट सार्वजनिकगर्नुअघि नीतितथाकार्यक्रमल्याउनुपर्ने भएकाले सरकार नीतितथाकार्यक्रम र बजेटको तयारीमालागेको हो ।

हालप्रत्येक मन्त्रालयले आफ्नो प्राथामिकताकाकार्यक्रम र आवश्यकनीतितथा बजेटको योजना बनाइरहेका छन् । अर्थमन्त्री विष्णु पौडेलले आगामीआर्थिक वर्षको बजेट कोरोनाभाइरसले ल्याएकाचुनौती सामनागर्ने गरी तयार भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा मन्त्रीपौडेलले बजेट निर्माणका आधारभूत सिद्धान्तलाई आत्मसाथगर्दै कोरोनाले मुलुकमाल्याएकाचुनौती सामनागर्ने गरी बजेट ल्याइने बताउनुभयो ।आगामीआर्थिक वर्षको बजेटको तयारीबारे समितिमा छलफल भएको थियो ।

कोरोनाले सिर्जना गरेको चुनौती र त्यसको सामनागर्ने कुरालाई बजेटले सर्वोच्चप्राथमिकतामा राख्ने पनिमन्त्रीपौडेलले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण नियन्त्रण, उपचार र खोपको प्रबन्धगर्ने, कोभिडबाट प्रभावितआर्थिक, सामाजिकजीवनलाई पुनरुत्थानगर्ने कुरामाचालु आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधनगर्ने प्रयास हुनेउहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार