तत्कालिन माओवादिका वडाअध्यक्षका उम्मेदवार सहित २० जना कांग्रेसमा प्रवेश

तत्कालिन माओवादिका वडाअध्यक्षका उम्मेदवार सहित २० जना कांग्रेसमा प्रवेश

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ का तत्कालिन नेकपा माओवादिका वडाअध्यक्षका उम्मेदवार राजेन्द्र प्रधान सहित २० जना नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन । प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोनरत नेपाली कांग्रेसको वडामा विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत आज साँघुटारमा आयोजित कार्यक्रममा तत्कालिन नेकपा माओवादिका वडाअध्यक्षका उम्मेदवार राजेन्द्र प्रधान, तत्कालिन नेकपा माओवादिका महिला वडा सदस्यका उम्मेदवार चमेली मगर सहित २० जना नेपाली कांं्रगेसमा प्रवेश गरेको नेपाली कांग्रेस रामेछाप नगरका सभापति कमल विक्रम कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार