रामेछाप नगरपालिकामा मेलमिलापकर्ताका लागी एक दिवसीय अभिमूखिकरण 

रामेछाप नगरपालिकामा मेलमिलापकर्ताका लागी एक दिवसीय अभिमूखिकरण 

रामेछाप नगरपालिकाले नगरभरीका सामुदायिक मेलमिलापकर्ताका लागी एक दिवसीय अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाका सामुदायिक मेलमिलापकर्ताहरको लागी आवश्यक कानुनी सल्लाह , विवाद समाधान गर्दाका अनुभव ,समस्या र भोगाई लगायतका बारेमा अभिमूखिकरण कार्यक्रममा छलफल गरिएको छ । न्यायिक समितीका संयोजक एवम रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको अध्यक्षतामा सम्पन्न अभिमूखिकरण कार्यक्रममा सामु्दायिक मेलमिलाप केन्द्र रामेछापका जिल्ला संयोजक हिमाल ढुंगेल, नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहाल लगायले मेलमिलापकर्ताहरुलाई विवाद समाधान गर्दा ध्यान दिनुपर्ने कुराहरु बारेमा जानकारी गराउनुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार