प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुह रामेछापले दोस्रो चरणको कार्यक्रम अन्तर्गत सडकमा संविधान वाचन कार्यक्रम र विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरोधमा प्रचण्ड–माधव समुहले आइतबार सदरमुकाम मन्थलीमा विरोध कार्यक्रम अन्तर्गत सडकमा संविधान वाचन कार्यक्रम गरेको हो । कार्यक्रममा नेकपा प्रचण्ड–माधव समुह रामेछापका अध्यक्ष मैनकुमार मोक्तानले संविधानको धारा ७६ को एक देखी सात नम्बरं सम्मको वुँदाहरु वाचन गरेर सुनाउनु भएको प्रचण्ड–माधव समुहका जिल्ला सचिवालय सदस्य मदन कुमार कालिकोटेले बताउनुभयो ।
रामेछापमा प्रचण्ड–माधव समुहको विरोध प्रदर्शन
 
			

 
				
							 
                                     
                                     
                                     
                                     
                                     
                                    