ओख्रेनीका २० जना जेष्ठ नागरिक सम्मानीत

ओख्रेनीका २० जना जेष्ठ नागरिक सम्मानीत

रामेछाप नगरपालिका वडा नम्बर ६ ओख्रेनीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा नं. ६ ओख्रेनीले आज एक कार्यक्रमको आयोजना गरी वडाका २० जना जेष्ठ नागकिरलाई सम्मान गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाका १० जना महिला र १० जना पुरुष गरी २० जना जेष्ठ नागरीकलाई सम्मान गरिएको हो । जेष्ठ नागरीकलाई सम्मान गर्दै जाडोमा लगाउन ज्याकेट , ओढ्ने मन्डि , टेक्ने लैरो , छाता , टर्च लाईट , पानी तातो राख्ने थर्मस प्रदान गर्दै जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको छ । वडाले हरेक वर्ष वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गर्दै आएको छ । जेष्ठ नागरीक सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख नर बहादुर थापा मगरले विकासका कार्यमा जेष्ठ नागरिकको सर सल्लाहमा नै अघि बढने गरेको बताउनुभयो । आगामी दिनमा पनि जेष्ठ नागरिकको सर सल्लाह र आड भारोषामा नै आफुहरुले विकासमा अघि बढने बताउनुभयो । वडा ६ का वडाअध्यक्ष धन बहादुर खड्काले जेष्ठ नागरिक विगतका ऐना भएको बताउँदै हरेक वर्ष आफुले जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने बताउनुभयो । वडाकार्यालयले सम्मान गरेपछि जेष्ठ नागरीक निकै दंग देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार