नेपाल प्रहरीको प्रहरी हवल्दार र जवानको उत्प्रेरण अभिवृद्धि सम्बन्धी प्रतिवेदन सार्वजनिक

नेपाल प्रहरीको प्रहरी हवल्दार र जवानको उत्प्रेरण अभिवृद्धि सम्बन्धी प्रतिवेदन सार्वजनिक

नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्र सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयमा हिजो एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक शैलेश थापाले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । प्रदिवेदन सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक थापाले यस अध्ययन प्रतिवेदनबाट आएका निस्कर्षले आउने दिनमा मातहत कर्मचारीलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट दिशा प्रदान गरेको बताउनुभयो । सार्वजनिक भएको प्रतिवेदन प्रहरी प्रधान कार्यालय लगायत ७ वटै प्रदेशका विभिन्न १५ जिल्लामा गरिएको सर्वेक्षणका आधारमा तयार पारिएको हो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार