रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भईसकेका छन । कोरोना संक्रमित १५ जनाको उपचार भईरहेको छ । जिल्ला अस्पतालमा २ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जना र रामेछाप नगरपालिकाको आइसोलेशनमा ५ जना गरि १३ जना संक्रमितको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
अहिलेसम्मसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ५५ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा १ सय ३४ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय २८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
जिल्लामा २४ जना क्वारेन्टिनमा
जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म २४ जना क्वारेन्टिनमा रहेका छन । ४ जना महिला र २० जना पुरुष गरी २४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिकामा १ ,उमाकुण्ड गाउँपालिकामा ५ र गोकुलगंगा गाउँपालिकामा १८ जना गरी जिल्लाभर २४ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप नगरपालिका , दोरम्बा , खाँडादेवी , लिखुतामाकोशी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ३ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।