लिखु तामाकोशी गाउंपालिकाका अध्यक्ष विरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता

लिखु तामाकोशी गाउंपालिकाका अध्यक्ष विरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता

रामेछापको लिखु तामाकोशी गाउंपालिकाका अध्यक्ष गोबिन्द वहादुर खड्का विरुद्ध फेरी जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी दर्ता भएको छ । गाउंपालिकामा कार्यरत स्वास्थ्यकर्मी युवतिले अध्यक्ष खड्काले आफ्ु विरुद्ध करणी गरेको अभियोगमा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक वशन्त पाठकले जानकारी दिुनभयो । प्रहरीले दुवैलाई स्वास्थ्य परिक्षण समेत गराई सकेको छ । अध्यक्ष खड्काले आफुलाई महिनाँै अघि जवरजस्ती करणी गरेको तर कतै कसैलाई भनिस भने गोलि हान्छु भन्ने डर त्रास देखाएकोले मुद्धा हाल्न नसकेको पिडित युवतिले प्रहरीलाई बताउनुभएको छ ।

यसअघि गाउँपालिकाको एउटा योजनाका उपभोक्ता समितिका अध्यक्षलाई रकम भुक्तानी सम्बन्धी कुरा गर्न पालिकामा २ घण्टा सम्म वन्धक वनाएको अभियोगमा स्थानीय दर्पण घिसिङले प्रहरीमा जाहेरी दर्ता गराएका थिए । उक्त जाहेरी परेपछि प्रहरीले खड्कालाई १२ दिन अघि गाउंपालिकाबाटै पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरीको हिरासतमा राखेको छ ।खड्काका विरुद्ध धोविका शेरवहादुर खड्काले २१ रोपनी जग्गा पालिकाको नाममा भनि आफ्नी सालि नाता पर्नेको नाममा झुक्याएर पास गराएको तर जग्गाको मूल्य २ करोड रुपैया नदिएको भन्दै ठगि मुद्धा दायर गरेका छन् । उक्त मुद्धामा समेत अनुसन्धान थालिएको छ । खड्का विरुद्ध परेका तिनै मुद्धाको एकै साथ अनुसन्धान गरी सरकारी वकिल कार्यालय मार्फत अदातलमा पेश गरीने तयारी भईरहेको प्रहरी नायव उपरिक्षक पाठकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार