उज्यालो नेपाल पार्टीले रामेछाप जिल्लाको पुरानो सदरमुकामसमेत रहेको रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजारमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ ।पार्टीले संगठन विस्तार तथा नगरमा आफ्नो गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यसहित रामेछाप बजारमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
उज्यालो नेपाल पार्टी रामेछाप नगर कार्यसमितिका अध्यक्ष टोपबहादुर तामाङले रामेछाप बजारमा पार्टी कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । कार्यालय सञ्चालनमा आएसँगै पार्टीका सांगठनिक गतिविधि, बैठक, छलफल तथा स्थानीयस्तरमा पार्टीसँग सम्बन्धित कामकाज सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।


