राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछापको अध्यक्षमा पुनः मिलन वि.क सर्वसम्मत चयन हुनु भएको छ ।
शनिवार भएको दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा विक सहित ७ सदस्य कार्य समिति सर्वसहमतले चयन गरेको हो ।अधिवेशनले उपाध्यक्षमा शर्मिला विसुन्खे सचिवमा राजन महतारा क्षेत्री सह सचिवमा संगम अधिकारी कोषाध्यक्षमा डोरशंकर बरुवाललाई सर्वसम्मत चयन गरेको छ ।
यसैगरी सदस्यहरूमा मणिराज सुनुवार र नवीन कार्की चयन भएका छन ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछापका अध्यक्ष मिलन वि.कको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एवम् उद्योग पर्यटन तथा वन वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यत्रक्रम सम्पन्न भएको हो ।
जिल्ला अधिवेशनको अवसरमा संस्थागत सहयोग गर्ने सङ्घसंस्थालाई कदर पत्र समेत प्रदान गरिएको थियो ।


