रामेछापका ९ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

रामेछापका ९ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

रामेछापका ९ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरिँदैछ । राष्ट्रिय कार्यक्रम अन्तर्गत यहि कार्तिक १७ र १८ गते जिल्लाभरका बालबालिकालाई लक्षित गर्दै उक्त अभियान सञ्चालन हुन लागेको हो ।

जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाका अनुसार यो अभियानमा ६ देखि ५९ महिनासम्मका ९ हजार ६ सय ५८ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ देखि ५९ महिनासम्मका ८ हजार ७ सय ३५ बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।

जनस्वास्थ्य प्रमुख झाले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत अनिवार्य रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार