जापान पठाइदिने भन्दै १ करोड रुपैयाँ ठगी गर्ने रामेछापका एक जना पक्राउ

जापान पठाइदिने भन्दै १ करोड रुपैयाँ ठगी गर्ने रामेछापका एक जना पक्राउ

आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले रामेछापका घर भएका १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ का दीपबहादुर तामाङ रहेका छन् ।

उनले ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा नीम एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै आएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । दीपबहादुरले जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड १ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । ललितपुर–५ बाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार