नेपाल औषधि व्यवसायी संघ रामेछापको अध्यक्षमा मदन भौकाजी चयन हुनुभएको छ । मन्थलीमा भएको छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट भौकाजी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
संघको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मोहन कुमार श्रेष्ठ,महासचिव विक्रम कुमार श्रेष्ठ,कोषाध्यक्ष कोमल प्रसाद कोईराला र सदस्यमा अम्बर योन्जन चयन हुनभएको हो ।
संघका रामेछाप–दोलखा जिल्लाका अध्यक्ष जीवनकुमार श्रेष्ठको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ बाग्मती प्रदेशका अध्यक्ष ध्रुब नारायण श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा दुई जिल्लाका औषधि व्यवसायी, संघका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नयाँ कार्यसमितिले जिल्लामा औषधि व्यवसायको व्यवस्थापन, व्यवसायीको हकहित तथा औषधिको गुणस्तरीय सेवा प्रवाहका क्षेत्रमा काम गर्ने छ ।


