पुस्तौँदेखि चल्दै आएको रामेछापको बिहिबारे हाट, अझै उस्तै रौनक

पुस्तौँदेखि चल्दै आएको रामेछापको बिहिबारे हाट, अझै उस्तै रौनक

रामेछाप बजारमा हरेक बिहीबार लाग्ने साप्ताहिक हाट जिल्लाकै पुरानो तथा ऐतिहासिक हाटका रूपमा परिचित छ। पुस्तौँदेखि चल्दै आएको यो हाट स्थानीय उत्पादनको बिक्री–वितरणसँगै ग्रामीण जीवनशैली, सामाजिक सम्बन्ध र स्थानीय व्यापारको महत्वपूर्ण केन्द्र बन्दै आएको छ।

बिहीबार लाग्ने हाटमा जिल्लाका विभिन्न स्थानबाट किसान तथा व्यापारीहरू आफ्ना उत्पादन लिएर आउने गर्छन्। हाटमा स्थानीय कृषि उपज, खसी, बाख्रा, कुखुरा, लत्ताकपडा, कस्मेटिकलगायत दैनिक उपभोग्य तथा आवश्यकताका विभिन्न सामानको किनबेच हुने गरेको छ।

विशेषगरी स्थानीय किसानका लागि आफ्ना कृषि उत्पादन प्रत्यक्ष रूपमा उपभोक्तासम्म पु¥याउने र आम्दानी गर्ने हाट महत्वपूर्ण माध्यम बनेको छ। त्यस्तै, ग्रामीण क्षेत्रका उपभोक्ताले एकै स्थानमा आवश्यक सामान किन्न पाउने भएकाले पनि बिहिबारे हाटप्रति आकर्षण बढ्दै गएको छ।

सामान्य दिनको तुलनामा चाडपर्वको समयमा भने रामेछाप बजारको हाटमा अझ बढी चहलपहल हुने गरेको छ। किनमेलसँगै आफन्त तथा चिनजानका व्यक्तिसँग भेटघाट गर्ने अवसरका रूपमा समेत हाटलाई लिने गरिएको स्थानीय बताउँछन्।

समयसँगै व्यापारका आधुनिक माध्यम र बजारको स्वरूप परिवर्तन भए पनि रामेछापको बिहिबारे हाटले भने आफ्नो मौलिकता र पहिचान कायम राखेको छ। स्थानीय उत्पादनको प्रवद्र्धन, किसानको बजार पहुँच विस्तार र पुरानो व्यापारिक परम्पराको संरक्षणका दृष्टिले पनि यो हाट रामेछापको महत्वपूर्ण सम्पत्तिका रूपमा रहेको छ।

रामेछापको ऐतिहासिक पहिचानसँग जोडिएको बिहिबारे हाटलाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन सके स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार