नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८३ साल साउन २७ गते राति करिब १० बजे गोकुलगंगा गाउँपालिकाकी एक १६ वर्षीया नाबालिकालाई उनको घरमा सुतिरहेको अवस्थामा पेमनिमा शेर्पाले घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरेको आरोप छ। घटनापछि शेर्पा फरार रहेको प्रहरीले जनाएको छ।
फरार प्रतिवादी शेर्पाको खोजतलास गर्ने क्रममा प्रहरीले २०८३ साल भदौ १२ गते दिउँसो करिब ३ बजे लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका शेर्पालाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।


