रामेछापमा आत्महत्याका घटना बढ्दो चिन्ताको विषय

रामेछापमा आत्महत्याका घटना बढ्दो चिन्ताको विषय

रामेछाप जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ४७ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ३७ जनाले झुन्डिएर र १० जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता तथा प्रहरी निरीक्षक कमल राउतले जिल्लामा आत्महत्याका घटनाले चिन्ताजनक अवस्था देखिएको जानकारी दिनुभयो। उहाँका अनुसार आत्महत्याका घटनाको कारणबारे सम्बन्धित निकायले थप अध्ययन र अनुसन्धान गरिरहेको छ।

प्रहरीले मानसिक तनाव, पारिवारिक विवाद, आर्थिक समस्या तथा अन्य सामाजिक–मनोवैज्ञानिक कारणले यस्ता घटना हुन सक्ने भएकाले समयमै समस्या साझा गर्न र आवश्यक परामर्श लिन आग्रह गरेको छ। यस्ता घटनालाई न्यूनीकरण गर्न परिवार, समुदाय, स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

पछिल्ला वर्षहरूमा आत्महत्याका घटनामा अपेक्षित कमी आउन नसकेको अवस्थामा मानसिक स्वास्थ्य सेवा विस्तार, मनोसामाजिक परामर्श तथा जोखिममा रहेका व्यक्तिहरूलाई समयमै सहयोग उपलब्ध गराउनु आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार