ग्लोबल आईएमई लघुवित्तद्वारा मृतक सदस्यका परिवारलाई रु. २ लाख २५ हजार राहत, कर्जा पनि मिनाहा

ग्लोबल आईएमई लघुवित्तद्वारा मृतक सदस्यका परिवारलाई रु. २ लाख २५ हजार राहत, कर्जा पनि मिनाहा

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय रामेछापले सदस्य मृत्यु राहत तथा कर्जा मिनाहा कार्यक्रम आयोजना गरी मृतक सदस्यका परिवारलाई रु. २ लाख २५ हजार बराबरको राहत तथा बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

संस्थाको केन्द्र नं. ००८.०९२.०३.२ की सदस्य अमृत माया मगरको असामयिक निधनपछि उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै सदस्य राहत सुविधा तथा बीमा दाबीबापतको रकम उहाँका हकवाला दल बहादुर मगरलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा शाखाका कर्मचारी अनुप ढुङ्गानाले मृतक सदस्यले संस्थाबाट लिएको कर्जा, संस्थासँग रहेको वित्तीय कारोबार तथा कर्जा मिनाहा प्रक्रियाबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा रामेछाप शाखाका शाखा प्रमुख बिमल अधिकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक सुरक्षामा बीमाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संस्थाले सञ्चालन गर्दै आएका विभिन्न वित्तीय, सामाजिक सुरक्षा तथा सदस्यहितका कार्यक्रमबारे जानकारी दिनुभयो। उहाँले नियमित बचत, जिम्मेवार कर्जा उपयोग तथा बीमाको महत्वलाई आत्मसात् गरी संस्थासँग निरन्तर सहकार्य गर्न सदस्यहरूलाई आग्रह गर्नुभयो।

शाखा प्रमुख अधिकारीले संस्थाले सदस्यहरूको आर्थिक उन्नयन, आत्मनिर्भरता र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको समापनमा केन्द्र प्रमुख मन्दिरा राई, केन्द्रका भद्रभलाद्मी, शाखाका कर्मचारी अनुप ढुङ्गाना तथा शाखा प्रमुख बिमल अधिकारीको संयुक्त उपस्थितिमा मृतक सदस्यका हकवाला दल बहादुर मगरलाई रु. २ लाख २५ हजार बराबरको चेक हस्तान्तरण गरिएको थियो।

सहयोग रकम ग्रहण गर्दै परिवारजनले दुःखद् परिस्थितिमा संस्थाबाट प्राप्त सहयोगले ठूलो राहत पुगेको बताउँदै ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडप्रति आभार व्यक्त गरेका थिए।

शोकको घडीमा सदस्य परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै संस्थाले सदस्य हित, सामाजिक सुरक्षा र मानवीय सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार