एक करोड ६ लाखको लागतमा बनेको पशुपतिनाथ मन्दिरको उद्धघाटन

एक करोड ६ लाखको लागतमा बनेको पशुपतिनाथ मन्दिरको उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ स्थित रामेछाप बजार नजिकै रहेको पशुपति नाथको जिर्णोद्धार गरिएको नव निर्मित मन्दिरको उद्धघाटन गरिएको छ । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने र मध्यपूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्रीले संयुक्त रुपमा उद्धघाटन गर्नभयो ।

बाग्मती प्रदेश सरकारको ३० लाख,रामेछाप नगरपालिकाको २२ लाख,वडा नं ८ को २५ लाख र बाँकी विभिन्न दाताहरुबाट सहयोग संकलन गरी करिब एक करोडको लागतमा मन्दिर निर्माण भएको हो ।

शिव मन्दिर,गणेश मन्दिर र भेमसेनको प्रतिमा लगायतका संरचनाहरु निर्माण भएका छन । मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष केदार कार्कीले जानकारी बाउनुभयो । निकै आकर्षक र भव्य मन्दिर निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार