प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापवाट निर्वाचित डाक्टर कृष्णहरि बुढाथोकी संसदको अर्थ समितिको सभापति बन्दै हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले सांसद बुढाथोकीलाई अर्थ समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रास्वपाले बिषय विज्ञताका आधारमा बुढाथोकीलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।यो निर्णयसँगै रास्वपाको करिव दुई तिहाई बहुमत रहेको प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा बुढाथोकी चयन हुनुभएको छ ।
सांसद बुढाथोकी देशकै सवैभन्दा बढी मतदाता रहेको रामेछाप जिल्लावाट २४ हजार ८०८ मतका साथ विजयी हुनुभएको थियो । रामेछापको मन्थली नगरपालिका–१२ गेलुमा जन्मिनुभएका सांसद बुढाथोकीले ६ वटा विषयमा मास्टर डिग्री हासिल गर्नुका साथै अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गर्नुभएको छ ।
बुढाथोकीसँग बैंक तथा वित्तीय क्षेत्रमा २० वर्षभन्दा बढीको कार्य अनुभव छ । वित्तीय क्षेत्रका समस्या पहिचान तथा समाधानका लागि उनीसँग अनुसन्धानमूलक कार्यमा समेत काम गरेको अनुभव छ ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा समिति रहेकोमा लेखा र अर्थ समिति महत्वपूर्ण मानिन्छ ।


