नेपाल पत्रकार महासंघको स्थापना दिवस:रामेछापमा १२ जनाले गरे रक्तदान

नेपाल पत्रकार महासंघको स्थापना दिवस:रामेछापमा १२ जनाले गरे रक्तदान

पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ आजदेखि ७१औँ वर्षमा प्रवेश गरेको छ । ७१औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा रामेछापले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सदरमुकाम मन्थली स्थित देवकोटा चोकमा नेपाल रेडक्रस सोसाईटी शाखा रामेछापको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन । नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष दिपक कुमार घिमिरेका अनुसार पत्रकार सहितका स्थानियले रक्तदान गरेका हुन ।

स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण र साँझ पत्रकार महासंघ रामेछापको भवन अगाडी दीप प्रज्वलन कार्यक्रम राखिएको अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँले पत्रकार, सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैमा शुभकामना समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार