रामेछापको च्यास्कु बजारमा गाडीको ठक्करबाट एक बालिकाको मृत्यु

रामेछापको च्यास्कु बजारमा गाडीको ठक्करबाट एक बालिकाको मृत्यु

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ च्यास्कु बजारमा गाडीको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । आज दिउँसो करिब २ बजेको समयमा बाग्मती प्रदेश ०३१ च ५०७५ नम्बरको बोेलेरोको ठक्करबाट बालिकाको ज्यान गएको हो ।

सोही वडाकी कोपिला तामाङ श्रेष्ठकी ४ वर्षकी छोरीको घटनास्थलमै ज्यान गएको वडा सदस्य खड्ग बहादुर मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पसलमा सामान किनिरहेको अवस्थामा बालेरो गाडी सटर भित्रै छिरेको हो ।

गाडीको चालक नभएको मौका छोपेर अटो चालक तिर्थ बहादुर तामाङले गाडी चलाउँदा सो घटना घटेको वडा सदस्य मगरले बताउनुभयो ।

प्रहरी घटनास्थल पुगेर बालिकाको शव आफन्तको मन्जुरी बिना उठाएर एम्बुलेन्समा हालेको भन्दै स्थानियले प्रहरी चौकी रामेछाप डाँडाका असईलाई हातपात गर्ने प्रयास गरेका छन । अहिले घटनास्थ तनावपूर्ण रहेको बताइएको छ ।

गाडीको ठक्करबाट केही स्थानिय घाईते भएका छन । उनिहरुलाई उपचारको लागि रामेछाप अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार