रामेछाप बजार तत्कालै कालोपत्रे हुँदै,घर टहरा भत्काउन थालियो

रामेछाप बजार तत्कालै कालोपत्रे हुँदै,घर टहरा भत्काउन थालियो

रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजारको सडक अब भने तत्कालै कालोपत्रे हुने भएको छ । सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजना अन्तर्गत पर्ने यो सडकको मापदण्ड क्षेत्र भित्रपर्ने घर टहरा भत्काउन थालिएको हो ।

बजार क्षेत्रमा भत्किने घरहरुकोे मुआब्जा वितरण भैसकेको तर रकम लिएर पनि घर नभत्काएपछि वडा कार्यालयले अन्तिम पटक १५ दिने सूचना जारी गरेको थियो । वडा कार्यालयले अन्तिम सूचना जारी गरे लगतै घर टहरा भत्काउने काम भएको हो ।

अहिले बजार क्षेत्रमा सडकको लेबल मिलाउने,पर्खाल लगाउने, घर टहरा भत्काउने लगायतका कामहरु भैरहेको छ । रामेछाप मानेँडाँडा बुद्धचोकदेखी माथिल्लो बजारसम्म करिब १५ सय मिटर(१.५) किलोमिटर सडक अब भने केही महिनाभित्रै कालोपत्रे हुने वडा नं ८ का वडाअध्यक्ष वडाअध्यक्ष सन्तोष तामाङले बताउनुभयो ।

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्म गरी करिब ५० किलोमिटर दुरीमा रहेको निर्माणाधीन सेलेघाट–रामेछाप–साँघुटार सडकको काम सुस्त गतिमा अघि बढेको छ । अहिलेसम्म सलेघाटदेखी ल्याङल्याङसम्म करिब ११ किलोमिटर सडक कालोपत्रे भएको छ ।

बजार क्षेत्रको मुख्य सडकको अवस्था दयनिय बनेपछि नागरीक,स्थानिय सरकार लगायत सरोकारवालाहरुले सडक छिटो मर्मत र स्तरोन्नति गर्न बारम्बार आग्रह गर्दै आएका थिए । निर्माण कम्पनीले रामेछाप बजारको काम तत्कालै सकेर बाँकी काम पनि अघि बढाउने तयारी गरेको हो ।

भारतीय एक्जिम बैङ्क मार्फत बन्ने योे सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ । सो कम्पनीले नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ ।

सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र कूल १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सक्नुपर्ने गरी सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि निर्माण कम्पनीले बारम्बार म्याद थप्दै लगेको थियो । अब भने द्रुत गतिमा काम हुने अपेक्षा नागरीकको छ ।

यस्तो छ बजारको अवस्था : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार