पानी ट्याङकीमा डुबेर रामेछापको सुनारपानीमा बालिकाको मृत्यु

पानी ट्याङकीमा डुबेर रामेछापको सुनारपानीमा बालिकाको मृत्यु

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा पानी ट्याङकीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शनिबार(आज) साँझ अन्दाजी ६ः३० बजेको समयमा अन्दाजी १० वर्षकी बालिका पानीमा डुबेको अवस्थमा मृत फेला परेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

सोही ठाउँ निवासी दिपक भुजेलको छोरी दिपिसा भुजेलको मृत फेला परेकी हुन । स्थानिय निरन कार्कीको पानी संकलन गर्ने ट्याङकीमा डुबेको अवस्थामा उनको शव फेला परेको प्रहरी निरीक्षक राजन तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ । मृतक बालिका भैरवी माविमा कक्षा एलकेजीमा अध्यनरत थिईन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार