रामेछापको फुलासीमा ट्रक दुर्घटना,२ जना घाईते

रामेछापको फुलासीमा ट्रक दुर्घटना,२ जना घाईते

रामेछापको मन्थली नगरपालिका १३ फुलासीमा ट्रक दुर्घटना भएको छ । मंगलबार(आज) बिहान करिब ११ः३० बजेको समयमा भएको सो दुर्घटनामा २ जना घाईते भएका छन ।

मिल्तीबाट फुलासी तर्फ जाँदै गरेको बा ४ ख ७५३७ नम्बरको खालि ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । ट्रक सडकमै पल्टिएको हो । दुर्घटनामा चालक मन्थली ९ का वर्ष अन्दाजि ५० को कुमार बोहरा र दोलखा शैलुङका वर्ष ३५ को कमल थापा घाईते भएका छन ।

घाईते दुबैजनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन तिमल्सिनाले जानकारी दिनुभयो । गाडीमा ३ जना सवार रहेको भएपनि एक जना भने सकुशल रहेका छन । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार