मन्थली नगरपालिकाको वित्तीय प्रगति १८ प्रतिशत

मन्थली नगरपालिकाको वित्तीय प्रगति १८ प्रतिशत

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म अर्थात पहिलो चौमासिक अबधिसम्म १८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । शुक्रबार(आज) मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्र्षी सापकोटाले यो आ.वको पहिलो चौमासिक अवधिसम्म संचालन भएका विकास निर्माण तथा सेवा प्रवाहको बारेमा जानकारी गराउनुभयो ।

उहाँका अनुसार कुल १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको बजेट स्वीकृत भएकोमा यहि मंसिर मसान्तसम्म चालू खर्चतर्फ २६ प्रतिशत,पूँजीगत खर्चतर्फ २ प्रतिशत र समग्र खर्चतर्फ १८ प्रतिशत बजेट खर्च भएको हो ।

नगरपालिकाले निर्धारण गरेको ४ करोड २३ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन मध्ये लक्ष्यको ३७.०६ प्रतिशत अर्थात १ करोड ५६ लाख रुपैयाँ संकलन गर्न सफल भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित नगरलाई सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र विकास निर्माणका कामहरुसँग सम्बन्धित प्रश्न गरेका थिए ।

नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लब श्रेष्ठ,उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र वडा नं २ का वडाअध्यक्ष सुरेन्द्र कार्कीले दिनुभयो ।

एकीकृत घुम्ती शिविर सहितको सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं २ को कार्यालय टेकानपुरमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार