उमाकुण्ड गाउँपालिकामा बिरामी परेका सबैको अवस्था सामान्य

उमाकुण्ड गाउँपालिकामा बिरामी परेका सबैको अवस्था सामान्य

रामेछापको उमाकुण्ड गाउँपालिका अन्तर्गत रहेको केहि विद्यालयहरु र समुदाय स्तरमा ज्वरो, रुघाखोकी लगायतको बिरामीहरु संख्या बढ्दै गएको छ । विद्यार्थीहरूमा ज्वरो,रुघाखोकी जस्ता लक्षण देखिन थालेपछि स्वास्थ्य जोखिम बढेको भन्दै जनस्वास्थ्य कार्यालय,रामेछाप अस्पताल लगायतका सरकारी निकायहरुबाट आवश्यक औषधिहरुको व्यवस्थापन सहित स्वास्थ्यकर्मीको टोली उमाकुण्ड पुगेको हो ।

प्रिति अस्पताल,गुप्तेश्वर स्वास्थ्य चौकी र कैलेश्वर माध्यमिक विद्यालय गुप्तेश्वरमा पुगेर संक्रमित विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्य परिक्षण गरिएको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झा ले जानकारी दिनुभयो । अहिले सबै बिरामीहरुको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।५ देखी १५ वर्ष उमेर समुहका बालबालिकाहरु बढी संक्रमित रहेका छन ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि ल्याब टेस्टको रिपोर्ट नआएसम्म के भएको हो भनेर भन्न नसकिने उहाँले बताउनुभयो । केही बिरामीहरुको स्वाब परीक्षणको लागि ल्याइएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको छ । पालिका अस्पताल प्रितिमै कल्चर मेसिन राखेर सबै संक्रमितको परीक्षण गर्ने गरि व्यवस्थापन मिलाइएको जनस्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । अधिकांश बालबालिकामा स्वास्थ्य समस्या देखिएपछि कात्तिक २८ देखि ३० गतेसम्म उमाकुण्डका सबै विद्यालयमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार