जापानमा रहेका सितारामको सहयोगमा १८ जना बालबालिकाले पाए पोशाक

जापानमा रहेका सितारामको सहयोगमा १८ जना बालबालिकाले पाए पोशाक

श्री गौरीशङ्कर माध्यमिक विद्यालयमा अध्यनरत १८ जना टुहुरा,असहाय तथा जेहेन्दार बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ । रामेछाप नगरपालिका ८ का बासिन्दा हाल जापानमा रहनुभएका सिताराम श्रेष्ठले बालबालिकाहरुलाई विद्यालय पोशाक उपलब्ध गराउनुभयो ।

सितारामका आमा छत्र कुमारी श्रेष्ठले विद्यालयमा पुगेर सर्ट,पाईन्ट,जुत्ता,मोजा र झोला बालबालिकालाई हस्तान्तरण गर्नभयो । आफै अध्यन गरेको विद्यालयका टुहुरा,असहाय तथा जेहेन्दार बालबालिकालाइ सहयोग गर्न पाउँदा खुशी लागेको सितारामले बताउनुभयो ।

श्री गौरीशङ्कर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल विक्रम कार्कीले सहयोगी सितारामले गर्नुभएको सहयोगको कदर गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्नभयो । सिताराम श्रेष्ठ रोजगारीको शिलशिलामा हाल जापानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार