रामेछाप साँघुटारको एक घरमा विद्युत सर्ट भएर आगलागी

रामेछाप साँघुटारको एक घरमा विद्युत सर्ट भएर आगलागी

रामेछापको रामेछाप नगरपालिका –३ साघुँटार लक्ष्मिबासमा विद्युत सर्ट भएर आगलागी हुँदा एक घर जलेको छ । शनिबार राति करिब ११ बजेको समयमा सोहि ठाउँका ठेट बहादर महतको घरमा आगलागी भएको हो ।

आगलागीबाट महतको जस्ताको छानो भएको एकतले कच्चीघरमा आंशिक क्षति भएको छ । घरभित्र रहेको लत्ताकपडा,भाडावर्तन,अन्नपात सबै जलेर नष्ट भएको साँघुटार प्रहरीले जानकारी दिएको छ । आगलागीबाट कुनै मानविय तथा पशुचौपाया भने क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार