जेन जी आन्दोलनमा घाइते भएका रामेछापका १४ जनाले राहत पाउने,घाइतेहरुको नामावली सहित

जेन जी आन्दोलनमा घाइते भएका रामेछापका १४ जनाले राहत पाउने,घाइतेहरुको नामावली सहित

गत भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा घाइते भएकाहरुलाई जिल्ला प्रशासन कार्यालय रामेछापले परिचय पत्र वितरण गर्ने भएको छ । रामेछाप ठेगाना भएका घाइतेहरुले परिचय पत्र प्राप्त गर्नेछन । जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार एक सूचना जारी गर्दै आन्दोलनका क्रममा घाइतेहरु भएका १४ जनालाई वडाको सिफारिस सहित सम्पर्कमा आउन भनेको छ ।

रामेछाप प्रशासनका प्रशासकिय अधिकृत प्रकाश प्रधानले हस्ताक्षर गर्नुभएको सूचनामा घाइतेहरूको नामावली समेत सार्वजनिक गरिएको छ । गृह मन्त्रालयबाट प्राप्त नामावली अनुसार रामेछापका घाइतेहरूमा विशाल तामाङ, बम बहादुर खत्री, सन्देश तामाङ, कुशल केसी, युवराज श्रेष्ठ, सुभाष श्रेष्ठ, धन नारायण श्रेष्ठ, जीवन बोगटी, सुमन श्रेष्ठ, प्रबिन तामाङ, रामकृष्ण खड्का, श्रवन श्रेष्ठ र राजेश बुढाथोकी रहेका छन्।

सूचनामा उल्लेख भए अनुसार, यी व्यक्तिहरूले परिचयपत्र प्राप्त गर्नका लागि आफू उपचाररत अस्पतालको कागजात,नागरिकताको प्रमाणपत्र र सम्बन्धित वडाको सिफारिसपत्र लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । परिचय पत्र बितरण पश्चात गृह मन्त्रालयबाट प्राप्त राहत रकम समेत वितरण गरिने उल्लेख गरिएको छ ।

यस्तो छ रामेछाप प्रशासनको सूचना : 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार