रामेछाप अस्पतालमा प्रसुती सेवा लिने महिला बढे

रामेछाप अस्पतालमा प्रसुती सेवा लिने महिला बढे

रामेछाप अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिलाको संख्या बढेको छ । गत साउनदेखी हालसम्म अर्थात यो एक वर्षको अवधिमा १ सय ७१ जना गर्भवती महिलाले प्रसुती सेवा लिएका हुन ।

१ सय २६ जना गर्भवती महिलाले सामान्य र ४५ जना महिलाले शल्यक्रिया मार्फत सुत्केरी सेवा लिएको अस्पतालका सिनियर मेडिकल अधिकृत सत्यम पाण्डेले बताउनुभयो ।

रामेछाप अस्पतालमा २०७८ फाल्गुन १६ गतेदेखी आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सेवा सुरु भएको हो । आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएदेखी नै अस्पतालमा सुत्केरी हुन आउनेहरुको संख्यामा वृद्धि भएको छ ।

पछिल्लो समय जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि जिल्लाबासीलाई सहज भएको छ । प्रसुति सेवाकै लागि चर्को शुल्क तिरेर राजधानी काठमाडौँ लगायत सुविधा सम्पन्न अस्पताल लानुपर्ने महिलाका लागि जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि सहज भएको छ ।

रामेछाप सहित सिन्धुली,ओखलढुंगा र दोलखाबाट प्रसुति सेवा लिन रामेछाप अस्पताल आउने गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार