रामेछापको रामेछाप नगरपालिका वडा नं ७ भालुखोप डाँडामा रहेको पटनादेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्याक सुट वितरण गरिएको छ । आज(बुधबार) सोही वडाको भालुखोपका समाजसेवी कुमार कार्कीले विद्यार्थीलाई व्यक्तिगत खर्चमा ट्याक सुट वितरण गर्नुभएको हो ।
रोजगारीमा सिलसिलामा परदेशमा रहँदै आएका कार्कीले छुट्टीमा गाउँ आएको बेला आफुले समेत अध्यन गरेको विद्यालयका विद्यार्थीलाई कपडा वितरण गर्नुभएको हो । विद्यालयका १ सय ३८ जना विद्यार्थीलाई ट्याक सुट र टिसर्ट वितरण गर्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो ।
साथै उहाँले विपन्न तथा जेहेन्दार कक्षा ७ मा अध्यनरत छात्र सुमन कार्कीलाई कक्षा १२ सम्म अध्यन गर्नका लागी हरेक वर्ष पढाईका लागी नगद १० हजार रुपैयाँ समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो वर्षको लागि १० हजार नगद समेत सुमनलाई हस्तान्तरण गर्नुभयो । विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा विद्यालयका प्रधानाध्यापक मोहन श्रेष्ठले समाजसेवी कार्कीलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।