रामेछापमा ९ महिनाको अवद्यिमा भएको सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन । साउनदेखी चैत्र मसान्तसम्म अर्थात यो ९ महिनाको अवद्यिमा ३५ वटा सवारी दुर्घटना भएको हो । जिल्लाको विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ५७ जना घाईते भएका छन ।
साउन महिनामा १ वटा,भदौमा कुनै पनि दुर्घटना नभएको,असोजमा ३ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख एवं प्रहरी सहायक निरीक्षक सुवाशचन्द्र मण्डलले बताउनुभयो ।
कातिक महिनामा ३ वटा,मंसिरमा ७ वटा,पौषमा २ वटा,माघमा ४ वटा,फागुनमा ४ वटा र चैत्र महिनामा ७ वटा सवारी दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनाको मुख्य कारणहरु तिव्र गति,क्षमताभन्दा बढी यात्रु बोक्ने,सवारी साधनको यान्त्रिक समस्या,चालकले लागू पदार्थ सेवन गर्नु,सडकको अवस्था लगायत रहेको प्रसनि मण्डलले बताउनुभयो ।
सवारी चालक तथा यात्रुहरु सचेत हुने हो भने दुर्घटना नै नहुने उहाँको भनाई छ । गत चैत्र २८ गते मन्थली नगरपालिका ३ कठजोरमा बोलेरो दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका थिए भने १५ जना घाइते भएका थिए ।