सेतो गुँरासद्वारा मन्थलीमा प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम संचालन

सेतो गुँरासद्वारा मन्थलीमा प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम संचालन

रामेछापको मन्थली नगरपालिकामा सञ्चालितप्र.. वि.व्य.. शिक्षक अभिभावक संघका अध्यक्षका लागि प्रारम्भिक बालविकास सम्बन्धी दिने अभिमुखीकरणकार्यक्रमले बालविका सकेन्द्रहरुको सञ्चालन तथा व्यवस्थापनका लागि साझा धारणा बुझाइको विकास गराउन महत्वपूर्ण सहयोग पु¥याएको सहभागिहरुले बताएका छन्

इसिडी हार्मोनी परियोजनाअन्तर्गत चाइल्ड एड नेटवर्क फाउण्डेशनको सहयोगमा मन्थली नगरपालिकासँगको सहकार्यमा सेता गुराँस राष्ट्रिय बालविकास सेवाले आयोजना गरेको एक दिनेअभिमुखीकरण कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिक्रिया दिएका हुन

मन्थली नगरपालिका वडा नं. स्थित सिद्धेश्वर माध्यमिक विद्यालय गैराथोकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रबहादुर श्रेष्ठले यस कार्यक्रमले बाल विकास केन्द्रको सञ्चालन तथा व्यवस्थापनमा शिक्षक, अभिभावक व्यवस्थापन पक्षबीचको साझा बुझाईको विकास गर्न सहयोग पुगेको बताउनुभयो कार्यक्रमले आफूहरुको जिम्मेवारी भूमिका बारेमा पनि बोध गराएको उहाँको भनाई केन्द्र व्यवस्थापनको लागि आर्थिक संकलन गर्ने दायित्व आफूहरुको रहेको बताउँदै वि.व्य.. अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि यस्ता कार्यक्रम विद्यालय, अभिभावक समुदायसँग जोड्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो

सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष अनन्त पुलामीले पनि केन्द्रको उचित व्यवस्थापन बिना बालबालिकाको चौतर्फी विकास हुन नसक्ने रहेछ भन्ने कुरा कार्यक्रबाट थाहा भएको बताउँदै आगामी दिनमा केन्द्र व्यवस्थापनको लागि साझा बुझाई प्रतिबद्धतासहित अघि बढ्ने बताउनुभयो सोही विद्यालयका प्र.. गणेश श्रेष्ठले कार्यक्रमबाट धेरै कुराको आफूले जानकारी लिन पाएको बताउँदै आगामी दिनमा इसिडीको पाठ्यक्रम पूर्णतया कार्यान्वयन गर्नेप्रतिबद्धता जनाउनुभयो उहाँले केन्द्र व्यवस्थापन सञ्चालनका निमित्त अभिभावसँग छलफलगर्नुको साथै प्रत्येक दिन केन्द्रको अनुगमन तथा मूल्याङ्कन गर्ने बताउनु भएको थियो

यस्तै, सेतीदेवी आधारभूत विद्यालय तीनचोकेका शिक्षक अभिभावक संघका अध्यक्ष गजेन्द्रआले मगरले पनि साझा प्रयासबाट मात्रै बाल विकास केन्द्रको व्यवस्थापन गर्न सकिने रहेछ भन्ने कुरा कार्यक्रमबाट थाहा पाएको उल्लेख गर्दै आगामी दिनमा सोही अनुसार केन्द्र व्यवस्थापनको लागि पहल गर्ने बताउनुभयो सोही विद्यालयका प्र.. रेजिन्द्र दंगालले भने यो कार्यक्रमबाट प्रारम्भिक बाल विकास केन्द्रमा बालबालिकाको क्रियाकलाप सञ्चालनका लागि आवश्यक सामाग्री पहिचान गर्नेबारे जानकारी पाएको बताउनुभयो

कार्यक्रममा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक संघका अध्यक्ष सहित  प्रत्येक विद्यालयबाट तीन/तीन जनाको सहभागिता रहेको थियो नीतिगत व्यवस्था, पाठ्यक्रम, प्रारम्भिक बालविकासको अवधारणा, बालविकास केन्द्र सञ्चालनका न्यूनतम मापदण्ड   बालमैत्री सिकाइ लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो

प्रारम्भिक बालविकास केन्द्र  सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा बनेका नीतिगत व्यवस्था, पाठ्यक्रम, प्रारम्भिक बालविकासको अवधारणाबारे जानकारी गराउँदै केन्द्र व्यवस्थापन तथासञ्चालनमा शिक्षक, अभिभावक व्यवस्थापकीय सहित त्रिपक्षीय बुझाइमा एक रुपता ल्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको सेतो गुराँस राष्ट्रिय बालविकास सेवा संस्थाको जिल्ला परियोजना रामेछापकी संयोजक मैया वस्नेतले जानकारी दिनुभयो

हालसम्म मन्थली नगरपालिका भित्रका ३१ वटा विद्यालयका प्र.., वि.व्य.. अभिभावक संघका अध्यक्ष सहित प्रत्येक विद्यालयका तीन/तीन जना गरी ९३ जनालाई प्रारम्भिक बालविकास सम्बन्धी दिने अभिमुखीकरण गरिएको बताउनुभयो अन्य विद्यालयमा पनि क्रमशः गर्दै जाने उहाँको भनाई

कार्यक्रममा परियोजना संयोजक मैया वस्नेत मन्थली नगरपालिकाको बाल विकास संयोजक नवराज विश्वकर्माले प्रारम्भिक बाल विकास, बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्था, मापदण्ड, पाठ्यक्रम, बालमैत्री सिकाई, मूल्यांकन लगायतका विषयवस्तु प्रस्तुत गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार