लयहरु बिग्रिएकाे बाँसुरीकाे धून
मलाई पाशविकता लाग्छ
मलाई बिभत्सता लाग्छ।
नेपथ्यमा बजिरहेको बाँसुरीकाे धून
कतै तिमीले बजाएकाे त हैन?
याे धूनमा कुनै सङ्गीतकाे धून छैन
याे धूनमा कुनै लयहरुकाे धून छैन
याे धूनमा कुनै मधुर मिठासताकाे धून छैन
याे धूनमा कुनै झन्कारमय नादहरु छैन।
अनाैठाे अनाैठाे लागिरहेको याे धून
कतै तिमीले बजाएकाे त हैन?
लयहरु बिग्रिएकाे बाँसुरीकाे धूनमा
सङ्गीतकाे मिठासता हराएको बाँसुरीकाे धूनमा
झन्कारमय नादहरु नमिलेको बाँसुरीकाे धूनमा
कतै?
हिटलरकाे ग्यास च्याम्बर
या राणाहरुकाे काेत पर्व
या हजारौं हजार मानिसहरूलाई
मृत्युको अग्नि कुण्डमा हवन गराएर
राेम सहरकाे प्रत्येक पार्थिक शरीर माथि
मानसिक मैथुन गर्ने
अात्ममुग्धताकाे कवचमा सुतिरहेका
नीराे
कसलाई सम्झिन सक्छु म?
लयहरु बिग्रिएकाे बाँसुरीकाे धून
मलाई पाशविकता लाग्छ
मलाई बिभत्सता लाग्छ।
नेपथ्यमा बजिरहेको बाँसुरीकाे धून
कतै तिमीले बजाएकाे त हैन?
कि त तिमी नीराे हाै?
कवि : नवीन गाउँले